विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग गत वैशाख ५ गते बिहे गरेकी एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी हुन् ।

एलिना र अस्ट्रेलियामा रहेका पतिबीच सम्बन्ध बिग्रिएको चर्चा केही महिनादेखि चलिरहेको थियो ।





