काठमाडौं। भारतको प्रयागराज कुम्भ मेला स्नान गर्न गएका अछामका लबराज भण्डारी सम्पर्कविहीन भएका छन्। अछामको ढकारी गाउँपालिका-१ निवासी भण्डारी ९ दिनदेखि भारतको प्रयागराज कुम्भ मेला संगम स्थलबाट सम्पर्कविहीन भएका हुन्।
कुम्भ मेलामा स्नानको सिलसिलामा गएका भण्डारी अहिलेसम्म परिवारको सम्पर्कमा आउन नसकेको उनकी श्रीमती हस्तकला जैसीले बताएकी छन्।

उनले श्रीमान्को खोजी गरी सहयोग गरिदिन आग्रह गरेकी छन्। माघ २३ गतेदेखि श्रीमान् सम्पर्कविहीन भएको उनको दुखेसो छ।





