काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजाररुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।






