काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार सकारात्मक रुपमा अघि बढेको दाबी गरेका छन् । शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’

उनले नेकपा एमाले र कांग्रेसबीच भएका ७ बुँदे कार्यान्वयन हुनेमा आफू विश्वस्त भएको पनि बताए ।





