काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जसले अघिल्लो वर्षको तुलनामा १४.७८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुले २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियो ।
८ वटा बैंकमा २ वटाको नाफा घटेको छ भने बाँकी ६ वटाको बढेको छ । साइन रेसुुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको नाफा घट्दा सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा, महालक्ष्मी विकास, ज्योति, गरिमा र मुक्तिनाथ विकास बैंकको नाफा बढेको छ ।

सबैभन्दा बढी नाफा गरिमा विकास बैंकको ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा ७.१६ प्रतिशतले बढेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६.१० प्रतिशतले बढेर १९ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा १० करोड २ लाख ३३ हजार रहेको थियो । कामना सेवा बैंकको नाफा २४.५५ प्रतिशतले बढेर ३२ करोड २४ लाखरुपैयाँ कायम भएको छ । गत आवको पुस मसान्तमा २५ करोड ८९ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
महालक्ष्मी विकास बैंकको नाफा ३.४० प्रतिशतले बढेर २८ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा २७ करोड ८० लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
ज्योति विकास बैंकको नाफा १४७.५७ प्रतिशतले बढेर २५ करोड १ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा १० करोड १० लाख ३४ हजार रहेको थियो । मुक्तिनाथ विकास बैंकको नाफा १९.७९ प्रतिशतले बढेर ५० करोड ३१ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४२ करोड १७ हजार रहेको थियो ।
यस्तै, शाइन रेसुुङ्गा डेभलपमेन्ट बैंकको नाफा १०.८७ प्रतिशतले घटेर ३३ करोड ८ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा ३७ करोड १२ लाख ७ हजार रहेको थियो । लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेर १४ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा २१ करोड २२ लाख ६९ हजार रहेको थियो ।





