काठमाडौं । साताको पहिलो काराेबार दिन सेयर बजार घटेको छ । आज सेयर बजार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा बन्द भएको छ।
आज ३१४ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ । याे दिन ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।





