काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ ।
आज ३१५ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड माथिको सेयर कारोबार भएको छ । आज ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने भने १६२ कम्पनीको सेयर मुल्य घटेको छ । आज ९ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालय उर्जा विकास कम्पनीको २५ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ८.३० प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशीका लगानीकर्ताले ८.२५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।





