काठमाडौं। २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज उक्त तालिका सार्वजनिक गर्दै, एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने जानकारी दिएको छ।
एसईई परीक्षाको पहिलो दिन (चैत ७) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि सञ्चालन हुने छ।

दोस्रो दिन (चैत ८) अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ भने गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ।
त्यसपछि, चैत १० गते अनिवार्य गणितको परीक्षा र चैत १२ गते अनिवार्य विज्ञानको परीक्षा हुने तालिका रहेको छ।
परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरूलाई तयारीमा ध्यान दिन र सफलता प्राप्त गर्न शुभकामना दिइएको छ।
(सम्पर्क: परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर)





