काठमाडाैं । नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रहेका ज्ञवाली सिनियर डीसीईओमा बढुवा भएका हुन् ।
आईकाईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशकभन्दा लामो विभिन्न अनुभव रहेको छ । जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक कुशल अनुभवि बैकर हुन् ।

नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । नबिल बैंक आउनु अघि ज्ञवाली ज्योति विकास बैंकको सीईओ थिए ।





