काठमाडौं । मुक्तिनाथ विकास बैंकको कोष प्रवद्र्धनमा आज बिहीबारदेखि म्युचुअल फन्ड निष्कासन हुने भएको छ । ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ मा लगानी गर्न इच्छुकले कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।
अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ निष्कासन हुनेछ। जसमध्ये कोष प्रवद्र्धक र योजना व्यवस्थापकलाई छुट्याएर बाँकी रहेको ८ करोड ५० लाख इकाइ सार्वजिनक निष्कासन हुनेछ ।

सर्वसाधारणले छिटोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।





