काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल मा बिहीवारको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई मध्यम लक्ष्य दिएको छ ।
पहिलो जितको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गर्यो ।

खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।





