बलिउडमा सलमान खान एक यस्ता अभिनेता हुन्, जसलाई लिएर फिल्म बनाए फिल्म हिट हुने मान्यता छ । तर कमैलाई थाहा होला कि सलमान भने आफ्नो पहिलो फिल्म फ्लप होस् भन्ने चाहन्थे ।
सलमानले आफ्नो पहिलो फिल्मको यात्रा जेके बिहारीको ‘बीवी हो तो ऐसी’ बाट गरेका थिए । यो फिल्ममा उनले रेखाको देवरको भूमिका निर्वाह गरेका थिए । जब निर्देशकले यो फिल्म बनाउने योजना बनाए, त्यो बेला रेखाको देवरका रुपमा कुनै नयाँ अनुहारलाई लिन चाहन्थे ।






