ढकारी। अछामाकाे ढकारी गाउँपालिका-१ मा निर्माणाधीन ढकारीकाे खुल्ला मञ्चको काम अन्तिम चरणमा पुगेको छ। श्री गुरुकुल माध्यमिक विद्यालय ढकारी-१ का भूतपूर्व विद्यार्थी समाज तथा वडा नम्बर १ का युवाहरूको अगुवाइमा निर्माण भइरहेको यो मञ्च स्थानीय तहमा सामुदायिक गतिविधि सञ्चालन गर्न महत्वपूर्ण हुने विश्वास गरिएका छन्।
यस निर्माण प्रक्रियामा स्थानीयवासी, विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूले सहयोग गर्दै आएका छन्। आयोजक समूहले मञ्च निर्माणमा साथ दिने सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ।

समुदायको सहभागिता र सहकार्यमा सम्पन्न हुन लागेको यो परियोजना स्थानीय विकासका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ। भविष्यमा पनि यस्तै सामाजिक तथा विकास निर्माणका कार्यमा जुट्ने अवसर मिलोस् भन्ने शुभेच्छासहित, आयोजकहरूले थप नयाँ योजनाहरू अघि बढाउने संकेत दिएका छन्।





