ढकारी । अछामको ढकारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम् पूर्व प्रमुख प्रशासकीय अधिकृत टेक नारायण पोखरेलकाे बिदाई भएको छ ।
गाउँपालिका परिवारले एक विशेष बिदाइ समारोहका साथ विदाइ गरेको हाे । पोखरेल नेपाल न्याय सेवा, न्याय समूह, राष्ट्रिय पञ्चायत तृतीय श्रेणी, शाखा अधिकृत पदमा सिफारिस भई वीरगञ्ज उच्च अदालतमा न्याय अधिकृतको रूपमा नियुक्त भएका छन्।

बिदाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रकाश बहादुर साउद, उपप्रमुख नेत्रकला देवी शाही, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेकाे थियाे । कार्यक्रमका वक्ताहरूले पोखरेलको समर्पण, इमानदारिता र व्यावसायिक क्षमताको प्रशंसा गर्दै उनको भावी न्यायिक सेवाको सफलताको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

पोखरेलले आफ्नो सम्बोधनमा गाउँपालिकामा काम गर्दा सिकेका अनुभवहरू साझा गर्दै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे। उनले न्यायिक क्षेत्रमा पारदर्शिता र निष्पक्षता कायम गर्दै नागरिकका हक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मायाको चिनो हस्तान्तरण तथा पोखरेलको योगदानको चर्चा गर्दै सम्मान व्यक्त गरिएको थियो। यस अवसरमा गाउँपालिकाका पदाधिकारीहरूले उनको आगामी यात्राका लागि शुभकामना प्रदान गर्दै, ढकारी गाउँपालिकाबाट उनलाई विदाइ गरेका ।





